कोरोनाका कारण रोजगारी गुमाएका र विदेशबाट फर्कनेलाई स्वदेशमै रोजगारी

 जेठ १५, २०७७ बिहिबार १६:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सबै नेपालीलाई श्रम र रोजगारीमा लगाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै देशभित्र थप रोजगारी सृजना गर्ने बताउनुभएको हो । उहाँले पालिकाबाट हुने विकास निर्माणका काममा विपन्न नागरिकलाई सहभागी गराउने बताउनुभयो ।

यस्तै विदेशबाट फर्किएकालाई स्थानीयस्तरमै विकास निर्माणको काममा लगाउने बताउनुभयो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाखजनालाई रोजगारी दिने पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया