दाङमा एकजना व्यवसायीको हत्या, शंकास्पद एकजना पक्राउ

 मंसिर १४, २०७५ शुक्रबार ६:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – रोल्पाका नन्दबहादुर घर्तीको दाङमा हत्या भएको छ । दाङको घोराही उपमहानगरपालिका १ बडहरामा हार्डवयर पसल संचालन गर्दै आएका ४५ वर्षका घर्तीको हत्या भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले राति नै एकजना घाइते अवस्थामा रहेका व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया