आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
इंग्लिस फुटबल प्रतियोगिता चेकट्रेड ट्रफीमा समर्थकको आक्रमणबाट एकजना खेलाडी घाइते भएका छन भने ११ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति भएको स्टोक सिटी र पोर्ट भालीबीचको डर्बी खेलमा चार हजार दर्शकको उपस्थिति रहेको खेलमा दर्शक हिंस्रक भएपछि पोर्ट भालीका स्टेवार्ड घाइते भए । दंगा गर्न खोज्ने ११ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
सुरक्षाका लागि मैदानमा एक सय ८० प्रहरी तैनाथ थिए । प्याराफिटमा रहेका दर्शकले मैदानमा बोटल र सिक्का फालेर खेल बिथोल्ने प्रयास गरेका थिए । सो बेला पोर्ट भाली तीन शून्यले अगाडि रहेको थियो ।
पोर्ट भालीका खेलाडीले तेस्रो गोलको खुशी मनाइरहँदा अचानक बोटल र सिक्का प्रहार भएको थियो जसलाई नियन्त्रण गर्न पुलिसलाई हम्मे हम्मे परेको थियो ।