काठमाडौंको तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियसमा झर्‍याे

 मंसिर २३, २०७५ आइतबार ७:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको तापक्रम घट्ने क्रम रोकिएको छैन । शनिबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो ।

यस्तै आइतबार  दिउँसो  पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी भेगका १,२ ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया