एन्फा यू–२१ टिम मिजोरमसँग तीन शून्यले पराजित,सेमिफाइनलमा पुग्न कठिन

 फागुन १२, २०७५ आइतबार २०:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालको एन्फा यू–२१ टिम भारतमा जारी अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा मिजोरमसँग तीन शून्यले पराजित भएको छ ।

जारी प्रतियोगितमा नेपालको टिमको यो दोस्रो हार हो । निपी स्टेडियममा भएको खेलमा मिजोरमले खेलको ४२ औं मिनेटमा अग्रता बनायो । उसका लागि लालनुन्तीलले पेनाल्टीबाट गोल गरे । त्यसपछि ५७ औं मिनेटमा फेरी मिजोरमले अर्को पेनाल्टीको अवसर पायो । जसमा पीसी लाहारित्पुलाले गोल गर्न सफल भए ।

त्यसपछि खेलको इन्जुरी समयको सातौं मिनेटमा मिजोरमका लागि रोगुवापुलाले गोल गर्दै टिमलाई तीन शून्यको जित दिलाए । खेलमा भारतको टिमले बढी खेलाडी खेलाएको भन्दै केहL बेर तनाव भएको थियो ।

सब्सिच्युट गरेर मैदान भित्र छिर्दापनि अर्को खेलाडी बाहिर ननिस्किँदा दुई मिनेटजति मिजोरमले १२ खेलाडीमा खेल खेलेको थियो ।

जितसँगै मिजोरमको १० अंक भएको छ भने हारले नेपालको टिमका लागि सेमिफाइनलमा पुग्न निकै कठिन भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया