आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
डोटी – सायल गाउँपालिका–१, छपाली घर भएका एक युवक सेती नदीमा बगेर बेपत्ता भएका छन् ।
बझाङ्गको देउराबाट घर फर्कने क्रममा स्थानीय अन्दाजी ३१ वर्षीय भक्तबहादुर थापा सेती नदिमा बगेर बेपत्ता भएको डोटी प्रहरीले जनाएको छ । थापाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
साँगुरो बाटो पानीका कारण चिप्लो भएर उनी चिप्लिएर सेती नदीमा खसेको खबर आएको स्थानीय धनबहादुर नेपालीले बताउनुभयो । वेपत्ता युवकको खोजीका लागि प्रहरी ईकाई र छिमेकी जिल्लाहरुमा समेत खबर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।