ठग्स अफ हिन्दोस्तानकाे शुटिङ स‌ंसारका नयाँ नयाँ लाेकेसनमा, थाइल्याण्डकाे रेन फरेष्टदेखि माल्टासम्म

 साउन २३, २०७५ बुधबार १३:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडको बहुप्रतीक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यसै वर्ष दिपावलीमा रिलिज हुँदैछ । 

अहिलेसम्म बनेका बलिउड फिल्महरु मध्य सर्वाधिक धनराशीको यश राज ब्यानर अन्तरगत बनेको यस फिल्ममा बलिउड इतिहासमै पहिलो पटक अभिताभ बच्चन र आमिर खान सँगै देखिने भएका छन् ।

कट्रिना कैफ र फातिमा सना शेख समेत रहेको ‘ठग्स अफ हिन्दोस्तान’ अहिले विशेष गरी आमिर र अमिताभको लुक्सका कारणले चर्चामा रहेको छ  ।

रोमाञ्चक एक्सन ड्रामाले भरिपूर्ण यस फिल्मले दर्शकहरुलाई पर्दामा अदभूत दृश्यावलोकन समेत गराउने छ । 

त्यसका लागि फिल्मको छायाँकन अहिले संसारका ति विभिन्न कुनाहरुमा भैरहेको छ जहाँ अहिलेसम्म सामान्यतया चलचित्रहरुको छायाँकन विरलै गरिएको छ ।
फिल्मका मेकरहरु संसारका विभिन्न ठाँउहरुमा घुमी छायाँकनका लागि नयाँ नयाँ लोकेसनहरु खोजी गरिरहेका छन ।

हालै यस फिल्मको सुटिङ्ग माल्टामा गरियो, जहाँ यस अघि विश्व चर्चित टिभि सिरिज ‘गेम अफ थ्रोन्ज’को सुटिङ्ग गरिएको थियो । 

माल्टा फिल्म छायाँकनका लागि नयाँ र भर्जिन लोकेसन मानिन्छ । 

त्यस बाहेक थाईल्यण्डको रेन फरेस्टदेखि राजस्थानको मरुभूमिसम्मका अदभूत दृश्यहरु समेटिएकाे ‘ठग्स अफ हिन्दोस्तान’को सुटिङ्गका लागि भव्य कृत्रिम जहाज र सेटहरु समेत लगाइएका छन् ।

विजय कृष्ण आचार्यको निर्देशन रहेको यो फिल्म इंग्लिस उपन्यासकार फिलिप मिडोज टेलरको १८३९ मा प्रकाशित उपन्यास ‘कन्फेसन्ज अफ अ ठग’ मा आधारित रहेको छ । 

फिलिप भारतमा अंग्रेज शासनताका बेलायती प्रशासकका रुपमा कार्यरत थिए । फिल्ममा २०औं शताब्दी ताका भारतमा रहेका अंग्रेज शासकहरुलाई लुटेराहरुको समुहले दिएको चुनौतिलाई देखाइएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया