प्रदेश ७ – प्रदेश प्रहरी गठनको प्रारम्भिक काम सुरु

 साउन २३, २०७५ बुधबार १७:२४:१३ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश ७ सरकारले प्रदेश प्रहरी गठनका लागि प्रारम्भिक थालनी गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रहरीको सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मस्यौदा तयार गरी आगामी बैठकमा पेश गर्न स्वीकृती प्रदान गरिएको समाजिक विकास मन्त्री दीर्घ सोडारीले जानकारी दिनुभयो । सोडारीले भन्नुभयो, ‘नेपाल प्रहरी प्रदेश सरकार मताहत नहुने भएकोले प्रदेशको शान्ति सुरक्षा र अमन चयनका लागि पनि प्रदेश प्रहरी गठन प्रक्रियालाई शीघ्र अघि बढाइने छ ।’

प्रदेश लोकसेवा आयोगलाई पनि शीघ्र कार्यान्वयनमा ल्याउने तयारी पनि भइरहेको उहाँको भनाई छ । बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न पनि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया