चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरीको ज्यान गयो

 कात्तिक २४, २०७७ सोमबार २०:१३:३४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरीको ज्यान गएको छ । घाँस काट्न सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ काे मर्मागाड पुगेकी शिवनाथ गाउँपालिका ४ बगारकी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

सोमबार दिउँसो २:३० बजेतिर चितुवाले आक्रमण गर्दा किशोरीको ज्यान गएकाे शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभएको छ ।  

डडेल्धुराको भागेश्वरमा आइतबार मात्रै चितुवाकाे आक्रमणबाट १२ वर्षीय बालकको ज्यान गएकाे थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ ।

अहिलेसम्म चितुवाको आक्रमणबाट बैतडीको तल्लोसोराड क्षेत्रमा २७ जनाको ज्यान गइसकेको छ भने कैयाैँ घाइते भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया