सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणाली अन्त्य हुनुपर्छ: राष्ट्रियसभा अध्यक्ष

 भदौ २, २०७५ शनिबार १३:१४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा दुरगामी दृृष्टि राख्नुपर्ने बताउनुभएको छ । 

काठमाडौंमा शनिबार आयोजित संविधान कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा उहाँले कानुन निर्माणको केही समयमा नै संशोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उब्जने भएकाले दीर्घकालिन सोच बनाउनुपर्नेमा जोड दिनुभएको हो । 

कानुन बनाएको केही समयमा नै संशोधन गर्न पर्ने अवस्था आउनु लज्जास्पद भएको उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो ‘संघीय संसदको पहिलो निर्वाचनबाट आएका सांसदले बनाएको कानुन ५० औं वर्ष परिवर्तन गर्नुनपर्ने बन्यो भन्ने दुरदृष्टिका साथ जान सकांै न । अहिले बनायो, दुई वर्षमा बनाउनुपर्यो भने त हामी सक्षम हाैं कि कमजोर हाैं भन्ने त्यहाँबाट पनि खुल्न आउँछ ।’

अध्यक्ष तिमिल्सिनाले विधि निर्माणको काम छोडेर सांसदहरुले सचिवका ढोका चाहार्ने प्रणालीको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘बिधायिका हुनुपर्यो । विकासको कुरा नीति बनाएर पैसा तल पठाइदिने । एउटा फाईल बोकेर किन हिड्ने ?’

जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्यायले संसदमा सरकारले पेश गरेको नागरिकतासम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक बनाउने काम गरेको भन्दै त्यसविरुद्ध एक हुन सहभागी सांसदहरुलाई आग्रह गर्नुभयो ।

संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका कतिपय व्यवस्था संविधानले गरेको व्यवस्थाभन्दा पछि हटेर बनाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले संविधानले नै आमा वा बाबुको नाममा नागरिकता जारी गर्न सकिने व्यवस्था गरिसकेकाले विधेयकमा आमाले बच्चाको बाबुको पुष्ट्याईं गर्नुपर्ने प्रावधान राखिनु गलत भएको टिप्पणी गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया