सन् २०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त हुनेमा डब्ल्यूएचओकाे विश्वास

 पुस १७, २०७८ शनिबार ८:१९:३३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।

सङ्गठनका प्रमुख डा. टेड्राेस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।

डब्ल्यूएचओका प्रमुख डा. गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ ।

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको सङ्ख्या २ सय ८७ मिलियन पुगेको छ ।

कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया