नेपालले अफगानिस्तानलाई २५ रनले हरायो

 भदौ ३१, २०७५ आइतबार १७:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । 

आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १८९ रन बनायो ।

भारतका दुवै टिमसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग सान्तोना जित निकालेको हो । लखनउमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९ ओभर ३ बलमा १ सय ८९ रनमा अलआउट भयो ।

एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने ।

सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २/२ विकेट लिए । 

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई/दुई विकेट लिए ।

नेपालले आइतबार पनि सुरुवात राम्रो गर्न सकेको थिएन् । लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरिसकेको नेपालले सात रन बनाउँदा तीन विकेट खेर फालेको थियो ।

सुरुवातमा तीन खेलाडी ७ रनमा आउट भएका थिए ।  आइतबार आसिफ शेख तीन रनमा आउट हुँदा अरुण ऐरीले खाता खोल्न पाएनन्, त्रितराज दास ४ रनमा पेभेलियन फर्किए ।

त्यसपछि सन्दीप जोरा २८ रनमा आउट हुँदा नेपालको स्कोर ५४ रनमा थियो । नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए ।

नेपालका कुनै पनि खेलाडीबीच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । एक सय १६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र नौ रनमा पेभेलियन फर्किए ।

तर आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । तर रासिद खान २४ रनमा आउट हुँदा नेपालले आठौ विकेट गुमायो ।

त्यसका लगत्तै किशोर महतो पनि पेभेलियन फर्किएपछि नेपालले नबौ विकेट खर फाल्यो । नेपालका लागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए । १९० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रनमा समेटिएको थियो ।

इजाज अहमद मेहरनले सर्वाधिक ५७ रन बनाउँदा रियाज हसनले ३८ रन बनाएका थिए । नेपालका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए ।

१० ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै २९ रन खर्चिएका थिए । रासिद खान र कमलसिंह ऐरीले २–२ विकेट लिँदा पवन सर्राफले एक विकेट हात पारे ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया