चार वटा मोडलमा सार्वजनिक भयाे आईफोन १४

 भदौ २३, २०७९ बिहिबार १३:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ काे चार वटा सिरिज सार्वजनिक गरेको छ । 

गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएकाे हाे । 

आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ (७९९ डलर) तोकिएको छ ।

त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ (८९९ डलर) रहेको छ ।

त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स माेडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ (९९९ डलर) र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ (१०९९ डलर) ताेकिएकाे छ । 

आईफोन १४ को बेस मोडल वा प्लस माेडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन् । 

त्यस्तै प्रो र प्रो माेडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ ।

आईफाेन १४ र आईफाेन प्लस माेडलमा १२ मेगापिक्सलकाे दुई वटा क्यामरा सेन्सर दिइएकाे छ । आईफाेन १४ प्राे माेडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेकाे छ । 

यस्तै आईफाेन प्राेमा ४८ एमपीकाे प्राइमरी क्यामरा लगाइएकाे छ भने आईफाेन प्राे र आईफाेन १४ प्राे म्याक्समा १ टीबीकाे स्टाेरेजकाे अप्शन लगायतका विभिन्न विशेषता समेटिएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • हरिप्रसाद

    Sept. 9, 2022, 8:08 a.m.

    मलाई थाहै नदियी सुटुक्क सार्वजनिक गरेर भ्याएछ ए।

  •  0 Reply

तपाईको प्रतिक्रिया