बाग्मती प्रदेशका सांसदले शपथ लिए

 पुस १४, २०७९ बिहिबार १५:१३:११ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभा सदस्यले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश सभा सचिवालयमा आज बिहीवार दिउँसो एक कार्यक्रममा सांसदहरूले शपथ लिएका हुन् । 

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, पूर्वसभामुखसहितको उपस्थितिमा शपथ ग्रहण कार्यक्रम गरिएको हो । आज प्रदेश सभाका एक सय नाै जना सदस्यलाई प्रदेश सभाका जेष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउनुभएको हो । 

हिजो बुधवार ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ ग्रहण गरेपछि आज अरू सदस्यले शपथ लिएका हुन् । अब सभामुख चयन गर्ने, मुख्यमन्त्री चयन गर्ने नयाँ सत्ता गठवन्धनका दलहरूको तयारी रहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया