नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

 असोज २४, २०७५ बुधबार ८:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो ।

तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । 

वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न स्थायी समिति बैठक बोलाउन माग गर्नुभएको छ । 

अन्तिम अपडेट: असोज २५, २०७५

तपाईको प्रतिक्रिया