परीक्षण गरेर मात्रै मासुु खरिद गर्न मन्त्रीको आग्रह

 असोज २५, २०७५ बिहिबार ५:५२:४१ | उज्यालो सहकर्मी

काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले चाडपर्वमा परीक्षण गरेर मात्रै मासुु खरिद गर्न आग्रह गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा पनि गर्नुभयो। उहाँले अदालतको आदेशका कारण कालीमाटी फलफूल तथा तरकारी बजार सुधार कार्यक्रम अघि बढाउन नसकिएको भन्दै अब त्यसलाई त्यहाँबाट हटाउने योजना अघि सारेको जानकारी दिनुभयो। मन्त्री खनालले त्यहाँको तरकारी बजारको विकल्प दिने गरी बल्खु वरपरको जग्गाको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

मन्त्री खनालले हेटौँडामा रहेको कपडा उद्योगलाई संचालन गर्न बर्दियामा कपास खेती र बुटवलमा धागो उद्योग संचालन गर्ने पनि बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया