ट्याक्टर खोलामा खस्दा दुईजनाको ज्यान गयो

 असोज २८, २०७५ आइतबार १९:३४:४३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासीको विनयी त्रिवेणी गाउ“पालिका २ ज्यामिरेमा भएको ट्याक्टर दुर्घटनामा  दुईजनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टर चालक नवलपरासी प्रतापुर गाउ“पालिका ४ का २६ वर्षका कर्णवीर यादव र विनयी त्रिवेणी गाउ“पालिका १ खोरखोलाका १४ वर्षिय दुर्गा परियारको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

लु २ त ६६७८ नम्बरको ट्याक्टर आइतबार दिउँसो अनियन्त्रित भई सडकबाट तल खोलामा खस्दा दुर्घटना हुन पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा प्रतापपुर ४ का १७ बर्षका अर्जुन चौधरी र १६ बर्षका श्रवण कोहार घाइते भएका छन्  । घाइते दुवैको चोरमारामा उपचार भईरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया