पहाडी क्षेत्रमा मौसम आंशिक बदली, पानी नपर्ने

 फागुन २२, २०८० मंगलबार ९:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आज दिउँसो र राति पनि मौसम आंशिक बदली नै रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकाको मौसम पनि आंशिक बदली रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया