सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न ललितपुर महानगरको अनुरोध

 फागुन ३०, २०८० बुधबार १०:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर महानगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यलाई ऋण रकम चुक्ता गर्न अनुरोेध गरेको छ । महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यले समयमा भुक्तानी नगरे थप समस्या पर्ने भएकाले त्यस्ता ऋणीलाई गम्भीर हुन आग्रह गरेको हो ।

सूचनामा समयमै ऋण नतिरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा महानगरको सहकारी ऐन २०७५ को दफा ६२ अनुसार ऋणीको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउने चेतावनी दिएको छ ।

जुन सम्झौता र शर्त अनुसार ऋण लिएको हो त्यसै अनुसार ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारीमा समयमा नै तिर्न र सहकारीमा देखिएको अहिलेको समस्यालाई समाधान गर्न सहयोग पुर्‍याउन महानगरले ऋणी सदस्यहरुलाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया