३ करोड २१ लाख रुपैयाँको स्रोत नखुलेपछि शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 चैत ८, २०८० बिहिबार १५:१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँ बिगो र जरिबानासहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०५८ साल साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका कार्कीको २०७९ साल चैत ३० गतेसम्मको पारिश्रमिक आय, जग्गा बिक्री, घर तथा जग्गा बहाल आय, बैंकबाट लिएको ऋण गरी वैध आय तीन करोड ७७ लाख १३ हजार छ सय ४६ रुपैयाँ रहेको देखिएको छ । तर उनको विभिन्न ठाउँमा भएको लगानी, सम्पत्ति र बचत हेर्दा छ करोड ९८ लाख ४६ हजार छ सय तीन रुपैयाँ देखिएको अख्तियारले जनाएको छ ।

कुल आयबाट वैध आय घटाउँदा बाँकी रहेको तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँको स्रोत नखुलेकाले शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया