बेलायत पठाइदिने भन्दै ३४ लाख भन्दा धेरै ठगी गरेको आरोपमा योगेश राई पक्राउ

 बैशाख २३, २०८१ आइतबार ८:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै योगेशले ठगी गरेको उजुरीका आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । उनी किरात राई यायोख्या बेलायतका अध्यक्ष साथै बेलायतमा रहेका नेपाली सुनचाँदी व्यवसायीको सङ्गठनका पनि अध्यक्ष हुन् । 
 

तपाईको प्रतिक्रिया