नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
काठमाण्डाै – ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक ७६ जना नेपाली अलपत्र परेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण अमेरिकाका ब्राजिल लगायतका देश हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी देशमा आउने प्रवृत्ति बढिरहेकाे भन्दै दूतावासले प्रवेशआज्ञा लिएर मात्र भ्रमणमा निस्कन आग्रह गरेको छ ।
दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।