अमेरिकी डलरको भाउ केही घट्यो

 माघ ३, २०८१ बिहीबार ७:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज केही घटेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा छ र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । हिजो अमेरिकी डलरको एकको खरिद दर १ सय ३८ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा थियो ।

यस्तै युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा,अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, यूएई दिराम एकको खरिदर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम छ ।

यस्तै मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४६ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ४८ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६७ रुपैयाँ ४० पैसा, तथा ओमनी रियाल एकको खरिदर तीन सय ५८ रुपैयाँ १६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।
 

तपाईको प्रतिक्रिया