यू–१९ महिला टी–२० विश्वकप : अस्ट्रेलियासँगकाे खेलमा नेपालले टस हार्‍याे

 माघ ९, २०८१ बुधबार १२:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा अस्ट्रेलियाकी कप्तान लुसी हामिल्टनले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी छिन् ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो । यसअघि २ खेलमा पराजित नेपाललाई सुपर सिक्समा पुग्न समूह चरणकाे यो अन्तिम खेल जित्नुपर्ने हुन्छ । नेपालले पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकप खेलेको हो ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया