जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आदेश

 माघ ८, २०८१ मंगलबार १८:२३:५१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्न आदेश दिनुभएको छ । अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरुआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्नुभएको हो ।

यो आदेशको पालनाका लागि सङ्घीय एजेन्सीहरूलाई ३० दिनको समय दिइएको छ । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको बीबीसीले जनाएको छ ।

जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औं संशोधनको लामो समयदेखिको व्याख्या हो र ट्रम्पको नयाँ कदमलाई यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ ।

शपथ ग्रहणलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ओभल अफिसमा धेरै आदेशमा हस्ताक्षर गरेकामध्ये एउटा यो आदेश थियो । यसमध्ये झन्डै ८० वटा आदेश पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने सम्बन्धमा थिए ।

यसअघि आफ्नो भाषणमा ट्रम्पले सबै अवैध प्रवेश रोक्ने वाचा गर्दै लाखौं आपराधिक विदेशीहरूलाई सुपुर्दगी गर्ने कुरा पनि उल्लेख गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया