फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९१ पैसा र बिक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ८१ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २१ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।