फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
युएई – एनआरएन युएईले आबुधाबीमा एकदिने स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ । आबुधाबीको हमदान स्ट्रिटमा रहेको अल अहलिया अस्पतालसँगको समन्वयमा स्वास्थ्य शिविर गर्न लागिएको हो ।
एनआरएनको स्वास्थ्य सचेतना अभियान महिना अन्तर्गत गर्न लागिएको स्वास्थ्य शिविरमा कामदार बस्ने क्याम्पबाट शिविरसम्म आउन जान निशुल्क यातायातको सुविधा रहेको आबुधाबी क्षेत्रिय अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिनुभयो ।
नेपाली चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्ने शिविरमा स्वास्थ्य बीमा कार्ड नहुनेले सेवा लिन पाउने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।