फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टि...
पुस १२, २०८१ शुक्रबार
युएई – युएईमा रहेका गायक प्रकाश पौडेलको पहलमा मकवानपुरको एक विद्यालयका विद्यार्थीलाई सिरक वितरण गरिएको छ।
पौडेलले सामाजिक सञ्जालमा अपिल गरेर जुटाएको सहयोगबाट राक्सिराङ्ग ३ सरिखेतको सुर्योदय माविको छात्राबासमा रहेका ५२ जना विद्यार्थीलाई २६ वटा सिरक वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई आबुधाबीमा रहेको भान्सा घर रेस्टुरेन्टले आफ्नो वार्षिकोत्सवका अवसरमा सिरक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
सहयोगमा रेस्टुरेन्टका प्रतिनिधी क्रमाश श्रेष्ठले विधालयमा पुगेर हस्तान्तरण गर्नुभएको छ । माइती नेपाल हेटौंडाकी माया तामाङ र राक्सिराङ्ग गाँउपालिकाको समन्वयमा सिरक हस्तान्तरण गरिएको हो ।
यस्तै गायक पौडेलले बिष्णुपादुका–२० धरानको जनज्योति आधारभुत विद्यालयको शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई पनि ट्र्याकसुट प्रदान गर्नुभएको छ । पानमारा महोत्सवमा गीत गाएर पाएको पारिश्रमिकबाट पौडेलले सहयोग गर्नुभएको हो ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।