फाल्गुनन्द गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज फिदिम स्पोर्टि...
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ ।
युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९० पैसा तोकिएको छ ।
बहराईन दिनार १ को खरिददर २९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५४ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।