च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं – वैदेशिक रोजगारीबाट फर्केर देशमै केही काम गर्छु भन्ने योजना बनाउनुभएको छ ?
योजना छ, तर रकम छैन भने सहुलियत ऋणको लागि निवेदन दिन अब ढिला नगर्नुहोस् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशबाट फर्किएका युवालाई सहुलियत ऋणका लागि निवेदन दिन यसअघि नै आह्वान गरेको छ ।
विदेशबाट फर्किएका युवाले यही पुस मसान्तसम्ममा मात्र सहुलियतमा ऋणका लागि आवेदन दिन सकिन्छ । सहुलियत ऋणका लागि मंगलबारसम्ममा ८ हजार ८ सय जनाले निवेदन दिएका वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । तर निवेदन दिँदैमा ऋण भने पाईंदैन ।
सहुलियत कर्जा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड वा नेपाल सरकारले बाँड्ने होइन । ऋण सरकारको सिफारिसमा क वर्गका वाणिज्य बैंकहरुले पाँच वर्षका लागि न्युनतम ब्याजमा दिने हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निवेदनको लागि आव्हान मात्रै गरेको हो । यही पुस मसान्तसम्ममा प्राप्त निवेदनलाई बोर्डले प्ररम्भिक जाँच गर्ने र न्युनतम मापदण्ड पूरा भएका निवेदनहरु संकलन गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्ने छ ।
फारम वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाईटबाट डाउनलोड गर्न सकिन्छ । घरमै बसेर फारम भरी इमेलमाफर्त पनि पठाउन सकिन्छ ।
सहुलियत ऋणका लागि आवेदन दिन कुनै शुल्क लाग्दैन । शुल्क लिएर कसैले फारम वितरण गरेको पाइएमा कडा कारबाही गर्ने बोर्डले जनाइको छ ।
कसैले व्यवसायिक योजनासहित फारम भरिदिन्छु भन्दै पैसा मागे भने त्यस्ता व्यक्तिको भर नपर्न बोर्डले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । ‘कसैले पैसा मागेर राम्रो व्यवसायिक योजना बनाइदिन्छु भनेर पैसा माग्यो भने उसको छलमा नर्पनुस्, तपाईंको सीप र विदेशमा आर्जन गरेको पुँजी समेत उपयोग हुनेगरी तपाईं आफैंले व्यवसायिक योजना तयार गर्नुहोला,’ बोर्डले सूचना निकालेर अनुरोध गरेको छ ।
आफनो परिश्रम, सीप, पुँजी र समयको महत्व विदेशबाट फर्किनेले जति अरुले नबुझ्ने भन्दै आफ्नो व्यवसायिक योजना आफैंले तयार पार्न बोर्डको अनुरोध छ ।
के काम गर्न खोज्नुभएको हो ? काम कृषि, पर्यटन, कल कारखाना, पशुपालन, सेवा व्यवासाय लगायतका क्षेत्रसँग सम्बिन्धित छ ? यदि छ भने आफूले गर्ने कामका लागि कस्तो सीप चाहिन्छ, कस्ता कस्ता सामानका लागि कति लगानी गर्नुपर्ने हो, तपाईंले व्यवसाय गर्न लागेका ठाउँमा त्यो कामको कतिको माग छ लगायतका कुरा व्यवसायिक योजनामा प्रष्ट खुलाउनु पर्ने छ ।
यसैगरी, तपाईंले लगानी नगरेपछि प्रत्येक वर्ष कति नाफा कमाउन सक्नुहुन्छ, कति जनालाई रोजगारी दिन सकिन्छ, पाँच वर्षमा आफूले पाएको ऋण कसरी चुक्ता गर्ने योजना छ लगायतका कुरामा केन्द्रित भएर आफने व्यवसायिक योजना बनाउन बोर्डले अनुरोध गरेको छ ।
‛विदेशबाट फर्किएकालाई १० लाख ऋण भूकम्प पीडितलाई बाँड्ने राहत जस्तो होइन′
रोसन बस्नेत
Jan. 9, 2019, 9:34 p.m.मलाई मलेसिया को३बर्स काम गरेर आउँदा को अनुभव मलेशिया को जति दुख नेपाल मै गरेर कुनै बेबसाय गर्न मन छ तर नेपाल को महँगो संगै मलेशिया को कमाइले कुनै काम गर्न सकिरहेको छैन यदि यो सेवा र 10 ऋण पाउन सके भनी म ईन्डिया को लत्ताकपडा को आफै डिलर खोलेर होल्सेलर लाई सेल सथै कुद्रा किन बेच गर्नी सोच मा छु