मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

 मंसिर १०, २०८१ सोमबार १७:२१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

यसै प्रकरणमा जोडिएका अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले छुटकारा दिएको हो । अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डाैले जनाएको छ ।

सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गएकोमा फिर्ता भएका थिए ।

यो प्रकरणमा पक्राउ परेकाहरूले लाखौं रकम बुझाएको बयान दिएका छन् । अधिकारी गएको कात्तिक २५ गते पक्राउ परेका थिए ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया