चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो

 मंसिर १०, २०८१ सोमबार ११:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नारायणघाट–मुग्लिन सडकको चितवनको नौकिलोमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ३८ वर्षीय श्याम बजगाई र ३१ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गए राति नारायणघाटबाट मुग्लिनतर्फ गुडिरहेको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उनीहरू लामो समयसम्म च्यापिएका थिए । यस्तै दुर्घटनामा घाइते भएका ट्रकका सहचालक रामेछापका मानबहादुर विक र मकवानपुरको हेटौँडा–१८ का दलबहादुर कोइरालाको उपचार भइरहेको छ । ट्रकका चालक मकवानपुरगढी–६ का दिनेश पुडासैनीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चितवनमै अस्ति शनिवार वनभोजबाट फर्कँदै गरेका विद्यार्थी चढेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ । कालिका–३ का आठ वर्षीय आरम्भ पोखरेलको आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सात जनाको चितवन मेडिकल कलेजमा र पाँच जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा रहेका ३२ जनामध्ये २८ जना घाइते भएका थिए ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया