फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – यो साताभरी घटबढ भइरहेको विदेशी मुद्राको भाउ बिहीबारको तुलनामा आज शुक्रबार घटेको छ । अमेरिकी डलरको भाउ घट्दा शुक्रबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०२ पैसा तोकेको छ । बिहीबार डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकिएको थियो ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा तोकिएको छ । हिजो ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा थियो ।
आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । बिहीबार रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको थियो ।
यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकिएको थियो ।
आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर ३७५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा थियो ।
बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ४० पैसा तोकिएको छ । शुक्रबार खरिददर ३०१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ५६ पैसा रहेको थियो ।
यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा तोकिएको छ । हिजो बिहीबार खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको थियो ।