फाल्गुनन्द गोल्डकप : पहिलो सेमिफाइनलमा आज चर्च ब्वाइज र फिदिम ...
पुस १२, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाएका दुई जना नेपालीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका छन् ।
सन् २०१४ मा कतारमा मृत्यु भएका धनुषाका शिरण कापर र म्याग्दीका पूर्णबहादुर सार्कीको परिवारले कतारमै पुगेर क्षतिपूर्ति लिएका हुन् । क्षतिपूर्तिका लागि कतारमा रहेको नेपाली दूतावासले पहल गरेपछि कतारको आन्तरिक मामिला मन्त्रालयले मृतकको परिवारका सदस्यलाई कतारमै बोलाएको थियो ।
क्षतिपूर्ति लिन शिरणको परिवारका तर्फबाट काकुल्तीदेवी कापर र पूर्णबहादुरको परिवारका तर्फबाट शान्ति सार्कीले कतारमै पुगेर क्षतिपूर्ति लिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । उहाँहरुले जनही २ लाख कतारी रियाल अर्थात झण्डै ६१ लाख ६० हजार रुपैयाँ पाउनुभएको दूतावासले जनाएको छ ।