आईसीसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
मंसिर १२, २०८१ बुधबार
युएई – रोल्पाका बेगमबहादुर पुन युएई आएको चार महिना मात्रै भयो । कतार र साउदीमा ठूला गाडी कुदाएको अनुभवका आधारमा दुवईका चिल्ला सडकमा ट्याक्सी कुदाउने काम भनेर ३५ वर्षे बेगमबहादुर युएईको दुवई ट्याक्सी कर्पोरेसनमा आउनु भएको हो ।
बेगमबहादुर युएई आएको असार १० गते चार महिना पुग्दै थियो । यहाँ आएको चार महिना नपुग्दै गएको असार ३ गते उहाँ सिकिस्त बिरामी पर्नुभयो । पेट दुख्ने पीडाले मुर्छा परेपछि दुवईको अल बराहा क्षेत्रमा रहेको दुवई अस्पताल पुग्नुभयो । काम गर्दागर्दै दाँयाभागको तल्लो पेट दुखेर उहाँ मुर्छा पर्नुभएको थियो । कम्पनीले भिसा मेडिकल गरेपनि इन्स्युरेन्स नगरेकाले हेल्थकार्ड पनि थिएन ।
अस्पताल पुगेपनि हेल्थकार्ड नभएकोले उपचार गर्न समस्या पर्यो । कम्पनीले वास्ता गरेन । अस्पतालले दुखाई कम गर्ने औषधि बाहेक अरु केही पनि गरेन । त्यही औषधि बोकेर उहाँ कोठा फर्कनुभयो ।
केही समय औषधिले काम गर्यो । तर राति धेरै दुख्न थाल्यो । कोठामा पेट दुखेर मुर्छा परेका बेगमबहादुरलाई साथीहरुले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याए । अल्ट्रासाउण्ड गरेपछि चिकित्सकले एपेन्डिक्स भएको र छिट्टो अप्रेसन गर्नुपर्ने सुझाव दिए । कम्पनीका उच्च अधिकारीहरुलाई फोन गर्दा उठाएनन् ।
कम्पनीले नै नहेरेपछि बेगमबहादुर झनै सहाराविहीन बन्नुभयो । अस्पतालमा २७ हजार दिर्हाम (झण्डै आठ लाख रुपैयाँ) तिर्नुपर्ने भयो । धेरथोर कमाएर जहान परिवार पाल्ने सपना बोकर खाडी छिरेका उहासँग त्यत्ति धेरै पैसा हुने कुरै भएन ।
उठाएकाले आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिए । मरुभूमीको देशमा अस्पतालको बेडमा हुँदा बेगमबहादुरसँग साथीभाइ मात्रै साथमा थिए । अप्रेसन त भयो तर उपचारमा लागेको खर्चको रकम तिर्ने उपाय थिएन ।
कम्पनीले नै नहेरेपछि बेगमबहादुर झनै सहाराविहीन बन्नुभयो । अस्पतालमा २७ हजार दिर्हाम (झण्डै आठ लाख रुपैयाँ) तिर्नुपर्ने भयो । धेरथोर कमाएर जहान परिवार पाल्ने सपना बोकर खाडी छिरेका उहासँग त्यत्ति धेरै पैसा हुने कुरै भएन ।
बेगमबहादुर भन्दा एक महिनापछि सोही कम्पनीमा आएका कास्कीका दिपक श्रेष्ठले दूतावासको फोन नम्बर खोज्न सहयोग गर्नुभयो । श्रमसहचारी मोतिराम भुसालको नम्बर पाएपछि बेगमबहादुर आफैले आफ्ना बारेमा सुनाउनुभयो ।
कामदारका समस्या र श्रम सम्बन्धी आउने विषय श्रम डेस्कले हेर्ने भएकाले श्रमसहचारी भुसालले बेगमबहादुरसँग कम्पनीको म्यानेजरको नम्बर माग्नुभयो । कम्पनीलाई तत्काल फोन गरेर बेगमबहादुरको अवस्था र उद्धार किन नभएको भनेर जानकारी माग्नुभयो । सुरुमा कम्पनीले कामचलाउ जवाफ दिएको थियो ।
‘कम्पनीले अस्पतालमा अहिले तिरेको पैसा मेरो तलबबाट पो कटाउँछ कि,’ बेगमबहादुरले श्रमसहचारी भुसालसित जिज्ञासा राख्नुभयो । जवाफमा भुसाले भन्नुभयो, ‘कम्पनीले तलब कटौती गर्न पाउँदैन, त्यसो गरे तुरुन्त दूतावासमा सम्पर्क गर्नुहोला ।’
तर तत्काल बेगमबहादुरको औषधोपचार र उद्धार नभए कम्पनीलाई कालो सूचिमा राख्ने तथा नेपालबाट थप कामदार ल्याउन नपाउने गरी म्यानपावरलाई पनि कालो सूचिमा राख्ने भनेपछि कम्पनीले तत्काल प्रतिनिधि अस्पताल पठायो ।
उपचार बापतको रकम कम्पनीले तिरिदिएपछि बेगमबहादुरको उद्धार भएको छ । बिहीबार कम्पनीका प्रतिनिधिले अस्पताल पुगेर उहाँलाई कोठामा ल्याएको छ । डाक्टरले हप्ता दश दिन आराम गरेर मात्रै काममा फर्किन भनेको बेगमबहादुरले बताउनुभयो ।
‘कम्पनीले अस्पतालमा अहिले तिरेको पैसा मेरो तलबबाट पो कटाउँछ कि,’ बेगमबहादुरले श्रमसहचारी भुसालसित जिज्ञासा राख्नुभयो । जवाफमा भुसाले भन्नुभयो, ‘कम्पनीले तलब कटौती गर्न पाउँदैन, त्यसो गरे तुरुन्त दूतावासमा सम्पर्क गर्नुहोला ।’
दुवई ट्याक्सी कर्पोरेसन भनेर तीन लाख १० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर बेगमबहादुर युएई आउनु भएको हो । तर यहाँ सप्लाई कम्पनीमार्फत ट्याक्सी चलाउने काम गरिरहनु भएको छ । रोल्पा लिवाङबाट हिँडेर गए २ घण्टा लाग्ने पश्चिम गाउँका बेगमबहादुर अहिले साथीभाइको सहयोगमा कम्पनीको कोठामा दुवईमा आराम गरिरहनु भएको छ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।