अर्जुन ट्रफी : धनगढीले घाेडाघाेडी–११ लाई ६९ रनले हरायाे
माघ २०, २०८१ आइतबार
हामी परदेशमा बसेकाहरुको पीडा कसैले नसुन्दा दुःख लागेको छ । यस्तो महामारीको बेला लकडाउन गर्नु ठिकै हो तर विदेशमा भएका आफ्ना नागरिकलाई समस्या परेको बेला आफ्नो जन्मभूमि फर्कन पाउनुपर्छ ।
सरकारले अरु देशको नागरिकलाई भिसा नदिओस् तर आफ्नो देशको नागरिकलाई जन्मभूमि र परिवारबाट अलग गर्नु उचित होइन ।
दुःख पर्दा सबैले आमा सम्झन्छ्न् । आफ्नो आमाबाटै टाढा बनाउने काम राम्रो हो र रु चीनमा भएका नेपालीहरुलाई स्वदेश ल्याउन मिल्ने तर अरु देशमा भएका नेपालीलाई किन मिल्दैन रु के खाडीमा भएका नेपालीहरु नेपाली होइनन् र ?
के उनीहरुलाई आफ्नो देश फर्किने अधिकार छैन र रु सरकारले नीति नियम बनाएर आफूखुशी स्वदेश फर्किन चाहनेहरुलाई नेपाल फर्किने वातावारण बनाइदिओस् । नेपाल सरकारसँग परदेशमा रहेका हामीहरुको आग्रह यही छ ।
हामी परदेशीहरु त लोभी मान्छेको बुढो गोरु जस्तै भयौं । कमाउन सक्दा हाइहाइ आपतमा पर्दा बाई । त्यहाँ गएर हामी सरकारले बनाएको नियममा बस्न तयार छौं । हामीहरुको तुरुन्तै उद्धार गर्नुपर्यो ।
Resham magar
May 3, 2020, 7:53 p.m.भारतको मुम्बईमा धेरैलाई दु:ख छ ...खाना छैन, पैसा सकियो...उद्धार गर्नु ठीक होला सरकारले /