कार्बन उत्सर्जन कम गरेबापत नेपालका जलविद्युत् कम्पनीले रकम प्राप्त गर्ने

 माघ १९, २०८१ शनिबार १५:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र प्रोक्लाइम इन्डियाबीच कार्बन व्यापार सम्झौता भएको छ ।

काठमाण्डाैमा आज एक कार्यक्रमका बीच  इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपालको हाइड्राेपावरकाे क्षेत्रमा कार्बन उत्सर्जन कम गरेबापत पाउने रकम भित्र्याउन सम्झौता गरिएको बताउनुभयो । उहाँले प्रोक्लाइम इन्डियामार्फत इप्पानमा एउटा डेस्क नै स्थापना गरी यसबारेमा आफ्ना सदस्यहरूलाई कार्बन क्रेडिटबाट पाउने रकम उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष डाँगीले कार्बन उत्सर्जन गर्नेहरूले तिरेको रकम कार्बन उत्सर्जन कम गर्न वा जोगाएबापत नेपालका हाइड्रोपावरहरुले पनि लाभ पाउने गरी इप्पानले प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । उहाँले २०१६ जनवरी १ तारिखभन्दा पछि उत्पादन भएका जलविद्युत् आयोजनाहरूलाई रकम आउनसक्ने बताउनुभयो । आयोजना निर्माणपछि कार्बन उत्सर्जन कम गराएका आयोजनाहरूले रकम पाउने उहाँकाे भनाइ छ ।

नेपालले जलविद्युत्को माध्यमले विकासलाई प्राथमिकता दिँदै आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गरिरहेको छ । जलविद्युत् गृहहरूले कार्बन–डाइअक्साइडको उत्सर्जन न्यून गर्ने भएकाले, जीवाश्म इन्धनमा आधारित ऊर्जा उत्पादनको तुलनामा स्वच्छ ऊर्जा स्रोत मानिन्छन् । यसले क्रमशः जीवाश्म इन्धनमा आधारित व्यवहार र कामहरूलाई घटाउँदै लगेको छ ।

जलविद्युत्को उपयोगले नेपालले हरितगृह ग्यास उत्सर्जन घटाएर जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याइरहेको छ । नेपालको कुल ६६ लाख हेक्टर वन क्षेत्रले एक अर्ब १० करोड ८४ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित गरेको छ । जसले देशलाई कार्बन व्यापारमा अग्रणी स्थानमा राख्छ । नेपाल सरकारले १५ लाख मेट्रिक टन कार्बन बिक्री गर्ने योजना बनाएको छ जसबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया