पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – आज कुवेत, कतारको दोहा र यूएईको आबुधाबीबाट ६०९ जना नेपालीहरु स्वदेश आइपुगेका छन् । कतारको दोहाबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५८ जना स्वदेश आईपुगेका हुन् । कतारमा रहेको नेपाली दूतावासकाअनुसार १० जना महिला, २ जना बालबालिका र १४६ जना पुरुष फर्किएका छन् ।
यस्तै यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली स्वदेश फर्किएका छन् भने कुवेतबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत १४९ जना र कुवेतबाटै आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत काटमाण्ठौ आइपुगेका छन् । कुवेत सरकारले आममाफीमा सहभागी नेपालीलाई भने निःशुल्क ल्याइदिइरहेको छ ।
यस्तै आज जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् भने एअर अरेबियाले यूएईको सारजहा विमानस्थलबाट नेपाली लिएर काठमाण्डौ आउनेछ । एअर अरेबियाले यात्रु सङ्ख्या भने खुलाएको छैन ।
यस्तै कोरोनाको जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने र जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना रहेको छ । अघिल्लो शुक्रबार सरकारले बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने निर्णय गरेको हो । तर त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ ।
सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ । तर सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुको प्रवेशमा रोक नै लगाएका छन् । कतिपय देशमा अन्तर्राष्ट्रिय उडान बन्द नै छ भने खुलेका देशले पनि केही निश्चित यात्रुलाईबाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन् ।