पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक : राष्ट्रपति पौडेल

 पुष २७, २०८१ शनिबार १२:४९:२३ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्र निर्माणका लागि मार्गदर्शक रहेका बताउनुभएको छ ।

३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देशमार्फत् उहाँले अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी देशसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि शाहका दिव्योपदेश मार्गदर्शक भएको बताउनुभएको हो ।

साथै राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुगेर श्रद्धाञ्जली तथा माल्यार्पणसमेत गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल एकीकरणको अभियानका नेतृत्वकर्ता शाहप्रति सम्मान प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शाहसँगै अभियानमा योगदान दिएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गर्नुभएको हो । पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया