कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै

 पुष २७, २०८१ शनिबार १५:३१:४५ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – सूचना प्रविधिको विकाससँगै कर्णाली प्रदेशमा साइबर अपराधका घटनाहरु बढ्दै गएका छन् । पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशमा छ सय १० वटा साइबर अपराधका घटनाहरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साइबर अपराधका घटनासँग सम्बन्धित प्राप्त निवेदनहरुलाई चार भागमा वर्गिकरण गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी नारायण डाँगीले बताउनुभयो । डाँगीकाअनुसार अश्लिल शब्द पोष्ट गरी चरित्र हत्या गर्ने, फेसबुक आइडी ह्याक गरेको, अनलाइन बैकिङ्ग ठगी र फेक आइडीको प्रयोग जस्ता क्षेत्रमा निवेदन परेका छन् ।

कर्णालीमा प्रविधिको पहुँच बिस्तार हुँदै गर्दा साइबर अपराधका घटनाहरु बढ्दै गएकाले सरकारी, गैरसरकारी, सामाजिक संघ संस्था लगायतले साइबर सुरक्षासँग सम्बन्धित डिजिटल साक्षरता कक्षा सञ्चालन गर्नु पर्ने कम्प्युटर एशाेशिएसन महासंघ नेपाल कर्णाली प्रदेश सचिव रामकिशोर रावलले बताउनुभयो । प्रविधिको सुरक्षित प्रयोग र विद्युतीय कारोबार ऐनसँग सम्बन्धित बिषयमा नागरिकलाइ जानकारी गराउन सकेमा साइबर अपराधका घटनामा कमी आउने उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया