कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

 माघ २८, २०८१ सोमबार १२:३:२ | रासस
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत – कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब रुपैयाँभन्दा धेरैको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी/बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो ।

विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ । त्यस्तै तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु पनि निकासी हुने गरेको छ ।

यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाण्डौ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।

यसैगरी, पशुपन्छीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपन्छीअन्तर्गत खसी/बोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोड रुपैयाँको आम्दानी हुने गरेको पशुपन्छी निर्देशनालयले जनाएको छ ।

यस्तै अहिले  कर्णालीमा वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको छ । सरकारले दूधमा अनुदान दिन थालेपछि  दूध उत्पादनमा वृद्धि भएको हो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया