डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी क्रिकेटको उपाधि

 माघ २८, २०८१ सोमबार १६:२४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई हराउँदै सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि जितेको छ । अत्तरियाले डडेल्धुरालाई ३४ रनले हराएको हो । अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो ।

डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए । अत्तरियाका शाहब आलमले तीन विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर एक सय १८ रन बनायो । अत्तरियाका लागि रशिद खानले अविजित ३१ रन बनाए । यस्तै सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाए । धनगढीका अभिषेक गौतमले चार विकेट लिए । यस्तै कुशल भुर्तेल र अजय चौहानले समान एक विकेट लिए ।

अत्तरिया डीसीए धनगढीलाई र डडेल्धुरा न्यू होराइजन बुटवललाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया