देशभर आगलागी र डढेलोका घटना बढ्न थाल्यो, सावधानी अपनाउन आग्रह

 माघ २७, २०८१ आइतबार ९:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सल्यानको श्रीनगरमा चलिरहेको महोत्सव स्थलमा आगलागी हुँदा ८० वटा स्टल जलेका छन् । गएराति ११ बजेतिर शुरु भएको आगलागीमा महोत्सव स्थलमा राखिएका एक सय ३८ स्टलमध्ये ८० स्टल जलेका हुन् । भन्डै १० करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा यही माघ १८ गते देखि महोत्सव सञ्चालन भइरहेको थियो । सुख्खायामसँगै पछिल्लो समय देशभर आगलागी र डढेलोका घटना बढेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अस्ति बिहानदेखि हिजो बिहानसम्ममा देशभरका १४ ठाउँमा आगलागी हुँदा १८ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको थियो । यस्तै गएको पुष १ गतेपछि काठमाण्डौमा मात्रै आगलागीका ३४ वटा घटना भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

हिजो सिंहदरबारमा रहेको खानेपानी मन्त्रीकै कार्यकक्षमासमेत आगलागी भयो । जिल्ला प्रहरी परिसरले सूचना निकालेर आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध गरेको छ । प्रहरीले घरमा आगो लागिहालेमा प्रहरी वा अरू निकायलाई जानकारी दिन र सकेसम्म चाँडो घरमा रहेका मानिस बाहिर निस्कन भनेको छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगलागीका घटना बढेका भन्दै सचेत रहन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आफू सचेत हुँदा धेरै रोकिन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने बताउनुभयो । धेरैजसो आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया