सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
महोत्तरी – महोत्तरीमा जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पुर्याउन थालेपछि किसान चिन्तित भएका छन् । आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दो छ ।
सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टी र खैरा वरपरका बस्ती नजिक बँदेलको झुण्डले स्थायी बसोबास बढाएको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलले बताउनुभयो ।
यस्तै बर्दिबासदेखि १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका सबै बस्तीमा बँदेलको आतङ्क छ । बँदेलको आतङ्कले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र हिडड्लमा निस्कन डर लाग्ने भएको किसानको भनाइ छ ।
बँदेलले धेरैजसो स–साना केराका कोथा, काउली, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।