गाजालाई दुई भागमा छुट्याउने करिडोरबाट इजरायली सेना फिर्ता हुन थाले

 माघ २७, २०८१ आइतबार १८:२७:२४ | एजेन्सी
unn.prixa.net

तस्वीर : एएफपी

इजरायली सेना नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका छन् । प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धविराम सम्झौता अनुसार इजरायली सेना उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट फिर्ता हुन थालेका बीबीसीले जनाएको छ ।

युद्धविराम सम्झौता अन्तर्गत इजरायली सेना गाजाको आबादी क्षेत्रबाट फिर्ता हुन थालेसँगै प्यालेस्टिनीहरू ओढ्ने/ओच्छ्याउने र अन्य सामानले भरिएका गाडीसहित उत्तरी गाजातर्फ फर्किन थालेका छन् । नेत्जारिम करिडोर हुँदै उत्तरी गाजातर्फ जाने प्यालेस्टिनीहरूलाई इजरायली सेनाले विना जाँच जान दिने खबरमा उल्लेख छ ।

गएको जनवरी १९ मा युद्धविराम सम्झौता भएयता अहिलेसम्म २१ जना इजरायली बन्धक र ५ सय ६६ जना प्यालेस्टिनी बन्दी रिहा भएका छन् । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्म ३३ जना बन्धक र १ हजार ९ सय जना कैदीबन्दी रिहा हुने अपेक्षा छ । इजरायलले ३३ बन्धकमध्ये ८ जनाको ज्यान गएको बताएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया