मन्त्रालयको लोभमा अध्यादेशबारे निर्णय लिन्नँ : जसपा नेपालका अध्यक्ष यादव

 माघ २७, २०८१ आइतबार १७:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयको लोभमा अध्यादेशबारे निर्णय नलिने बताउनुभएको छ ।

संसदीय दलको आजकाे बैठकपछि सञ्चारकर्मी कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगर्ने बताउनुभयो । अध्यादेशहरू संसद्को कार्यसूचीमा चढेपछि यसबारेमा पार्टीको धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।

अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष यादवले यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै अहिले जसपा नेपाल सरकारमा जाने अवस्थामा नरहेको बताउनुभयो ।  मन्त्रालयको लोभमा अध्यादेशबारे निर्णय नलिने पनि उहाँकाे भनाइ छ ।

राष्ट्रियसभामा सत्ताधारी दलहरूको बहुमत नभएकाले अध्यादेशबारे जसपा नेपाल निर्णायक देखिएको छ । सरकारले जसपा नेपाललाई मधेश प्रदेशको मुख्यमन्त्री वा सङ्घीय सरकारको शक्तिशाली मन्त्री दिएर भए पनि आफ्नो पक्षमा ल्याउन खोजेको चर्चा भइरहेको बेलामा अध्यक्ष यादवले यसको खण्डन गर्नुभएको हो ।

यसअघि अध्यादेश पारित गर्नका दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरे पनि अन्तिम समयमा स्थगित भएको थियो ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया