पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री ओली
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – आज विभिन्न देशमा रहेका नेपाली ल्याउन र लिन जानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न देशबाट ७ वटा चार्टर्ड उडानमार्फत ११ सय ८३ जना नेपाली स्वदेश आइपुगेका छन् ।
आज हिमालयको चार्टर्ड उडानमार्फत कतारको दोहाबाट १५६ जना नेपाली स्वदेश फर्किएका छन् भने कतार एअरवेजमार्फत कतारबाट १४७ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत कुवेतबाट १४९ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । यस्तै आज कुवेतमा आममाफीमा सहभागी एक बच्चासहित १४६ जना नेपाली जजिरा एअरमार्फत स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना फर्किएका छन् । यूएईको दुबईबाट फ्लाई दुबईको चार्टर्ड जहाजमार्फत एक बच्चासहित १८९ स्वदेश आएका छन् भने जापानको नारिताबाट दुई बच्चासहित २४२ जना स्वदेश फर्किएका हुन् ।
यस्तै नेपाली लिएर आएका विदेशका जहाज र नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्स विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका दुई जहाज नेपाली लिनका लागि बहराइन जाँदैछन् भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर जाँदैछ । भोलि बिहान मलेसिया र बहराइनबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज फर्कनेछन् ।
भोलि शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ ।