भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
देशभित्र कोरोना संक्रमितको संख्या बढ्दै जाँदा विदेशबाट यात्रा गर्नेहरुबाट पनि खतरा नहोस् भनेर हामीले त्यसमा नियन्त्रण गर्न खोजेका हौं । विश्वव्यापी रुपमा चलेकै एउटा प्रचलन हामीले पनि गरेको हो ।
स्वदेश फर्किन चाहने नेपालीहरुको सङ्ख्या निकै ठूलो छ । त्यसमा पनि श्रम गन्तव्य रहेका देश मलेसिया लगायत साउदी, यूएई, कतार, कुवेत लगायतका खाडीका देशबाट छिटो फर्किनको लागि वातावरण बनाइयोस् भन्ने सबैको माग छ । यस्तै त्यहाँ रहेका नेपाली कुटनीतिक नियोगले पीसीआर परीक्षण नेगेटिभ भएकाको हकमा संख्यात्मक बन्देज हटाउनुपर्छ भनेका थिए ।
हामीले पनि त्यही अनुसार प्रधानमन्त्रीसँग परामर्श गरेपछि पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई त्यति नियन्त्रण गरिरहनु पर्दैन भन्ने निश्कर्षमा हामीहरु पुग्यौं र अब उडान संख्याहरु क्रमशः थपिंदै जानेछन् । यो कार्यान्वयन भइसक्यो ।
जहाँ जहाँ माग हुन्छ, त्यसको आधारमा उडानहरु थप्ने भन्ने सैद्धान्तिक सहमति छ, त्यही आधारमा उडानहरु थपिएका छन् । यूएई, कतार, कुवेत, मलेसिया लगायतका देशमा थपिएका छन् । जहाँबाट माग हुन्छ, त्यो ठाउँमा यदि पीसीआर रिपोर्ट नेगेटिभ छ भने उहाँहरुको निम्ति सहज हुने गरी उडान संख्या थपिंदै जानेछन् ।
त्यसको लागि एअरलाइन्स पनि तयार हुनुपर्यो । नेपाली एअरलाइन्सले मात्रै यो सबै काम गर्न भ्याउँदैन । हामीसँग त्यो क्षमता छैन र एअरलाइन्सको संख्या त्यति धेरै छैन । विदेशी एअरलाइन्सलाई पनि हामीले भनेको छौं । उहाँहरुले कतिको इच्छा देखाउनुहुन्छ, त्यही अनुसार हामीले आवश्यक ठाउँहरुमा थप्दै जानेछौं ।
अहिलेको परिस्थितिमा टिकट केही महंगो भएको हामीले पाएका छौं । अर्थशास्त्रको नियम अनुसार माग बढी भयो र पूर्ति कम भयो भने मूल्य बढ्छ भनेको छ, त्यो नियम पनि यहाँ लागू भएको हो ।
अर्को हवाइ सम्झौताको पनि कुरा आउँछ । कुनै पनि देशले अर्को देशको एअरलाइन्सलाई भाडाको लागि निर्देशन गर्न सक्ने ठाउँ हुँदैन । यति भाडा लिनु भनेर भन्न सकिन्न । सबै नेपालमा उड्ने विदेशी एअरलाइन्स र नेपाली एअरलाइन्सहरुलाई बोलायौं र यस्तो बेला महंगो भाडा नलिनुस्, समस्यामा परेकाहरुलाई उद्धार गर्ने बेला हो यो भनेर भन्यौं पनि ।
सबै मानव जातिलाई संकट परेको यस्तो बेला कमाउने समय होइन भनेर भनेका छौं र कतिपयलाई ध्यानाकर्षण गरेका छौं । तर जसलाई हामीले लिखित हिसाबले ध्यान आकर्षण गरायौं, उहाँहरुले उल्टै हामीसँग भएको हवाइ सम्झौता विपरित आफूलाई ध्यानाकर्षण गरायो भनेर हामीलाई उल्टै पत्र लेख्नुभएको छ ।
कतिपय अन्तर्राष्ट्रिय संस्था जस्तै आईका लगायतका जो टिकटको व्यवस्थापन गर्छन् उनीहरुले पनि हामीले गरेको ध्यानाकर्षणप्रति आपत्ति जनाएका छन् । अब हामीले नियमन गर्न सक्ने भनेको नेपालका दुई एअरलाइन्स नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सलाई हो । हामीले उहाँहरुलाई अनुचित ढंगले भाडा नबढाउन भनेका छौं । अरु विदेशी एअरलाइन्सलाई पनि निर्देशन दिएका छौं ।
एअरलाइन्सलेभन्दा पनि कतिपय ठाउँमा बिचौलियाहरुले महंगो दरमा टिकट बेचेको भन्ने सुनेका छौं । त्यसको लागि परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशमा रहेका कुटनीतिक नियोगहरुमार्फत त्यस्ता बिचौलियाहरुलाई नियन्त्रण गर्र्न र निगरानी गर्नको निम्ति अनुरोध गरेका छौं ।
यस्तै सम्बन्धित व्यक्तिले पनि त्यसरी ब्ल्याकमा टिकेट लिने कुरा आफैंले पनि सचेत भएर गर्नु भएन । यदि कुनै एअरलाइन्सले अथवा ट्राभल एजेन्सीले तोकिएको भन्दा बढी भाडा लिएको छ भने उहाँहरुले सम्पूर्ण रसिदहरु लिएर प्रमाणसहित उजुरी गर्न सकिन्छ र हामी आवश्यक परेको खण्डमा कारबाही गर्छौं । त्यो उजुरी सम्बन्धित दूतावासमा, नेपाल फर्किएपछि नागरिक उड्ययनमा गर्न सकिन्छ ।
हामीले परराष्ट्र मन्त्रालयलाई भनेका छौं । हाम्रो पर्यटन मन्त्रालयको भिन्नै इकाइहरु विदेशमा हुँदैनन् । नेपाल सरकारका नियोगहरुले नै गर्ने हो । कहिलेकाहीँ काठमाण्डौ –दिल्लीकै उडानमा सहज अवस्थामा १० हजारमै पनि उडान गर्न पाउँछौं । तर कहिलेकाहीँ ४० हजार तिर्दा पनि टिकट पाइँदैन ।
यो माग र आपूर्तिबीचको सम्बन्धले पनि यस्तै गर्छ । हवाइ उडानको विश्वव्यापी प्रचलन नै यस्तै छ । यसमा हामीले सकेसम्म सरकारको क्षमताले भ्याएसम्म र देखेसम्म नियन्त्रण र अनुगमन गर्छौं । त्योभन्दा ज्यादा यसमा अरु उपाय हुँदैन ।
धेरै समय अगाडि नै निश्चित उडानहरु हुन्छन् । कतिपय नयाँ उडानहरु थप्दा त्यस्तो समस्या आएको होला, त्यसमा हामीले हाम्रो निकायबाट अनुगमन गर्न लगाउँछौं । जहाँ नियमित उडान छ त्यहाँ त्यस्तो समस्या नै हुँदैन । साउदीमा हाम्रो नियमित उडान छैन ।
त्यहाँ चार्टड फ्लाइट मात्रै हुन्छ, त्यसो हुँदा कहिलेकाहीँ तलमाथि हुन सक्छ । जहाँ नियमित उडान् छन्, त्यहाँ कुन कुन देशमा कुन एअरलाइन्सले कहिले उडान गर्छ भन्ने कुरा वेबसाइटमा अहिले नै तय भइसकेको हुन्छ । झण्डै अर्को एक महिनाको लागि उडान तालिकाहरु सार्वजनिक गरिसकेका छौं ।
परदेशमा उडान पर्खेर बसिरहनुभएकाहरुले अब सजिलै नेपाल फर्कन पाउनुहुन्छ । उडान संख्या थपिदै जाँदा उहाँहरुको समस्या समाधान हुँदै जान्छ ।
चार्टर उडानमा पीसीआर परीक्षण नगरी आउनुभो भने, त्यस्तो उडानमा पीसीआर परीक्षण नेगेटिभ भएको र अरुलाई एकै ठाउँमा राख्न पाईंदैन । पीसीआर नेगेटिभ भएकाको अलगै उडान गर्नुपर्छ । यदि पीसीआर परीक्षण उपलब्ध छैन कुनै देशमा त्यस्तो उडानलाई पनि हामी अनुमति दिन्छौं । तर उहाँहरुको हकमा काठमाण्डौ आएपछि एक हप्ता होटेल क्वरेण्टीनमा बस्नुपर्छ ।
फर्कन खोज्ने कति हुनुहुन्छ, त्यो मागको आधारमा उडान सङ्ख्या बढ्छ । माग भएअनुसार बढ्छ । कति उडान संख्या चाहिने हो भन्ने कुरा सम्बन्धित देशको कुटनीतिक नियोगले माग गर्नुपर्यो त्यो अनुुसार उडान संख्या बढ्छ । फर्कन पर्ने नेपाली दाजुभाइ दिदीबहिनीहरु सहज रुपमा फर्कन पाउनुहुन्छ ।
योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ ।
KAMAL SING BUDHATHOKI
Sept. 17, 2020, 1:41 p.m.नापिस...मान्छेहरु ५/६ महिना देखि बिना तलब रोकिएर महगो टिकट सारा नेपालीलाई २/४ पैसा दान मागेर पनि जान परेको तेरो फुट्ने आखाले देखिनस, केपीको तलुवा चाट्ने भाते थुक्क धिक्कार छ नरपिचासु हरुलाई ...प्रदेशबाट यो समस्यामा गुज्रियाक हरुले कृपया दश औला जोडेर भन्दै छु आउने चुनावमा नेकपा र कांग्रेसको बिकल्प खोज्नु। भुलेर पनि बिदेशिएका युवाहरु यिनीहरुलाई भोट नहाल्ने संकल्प गरौ आजै देखि।
डिल्लीराज मरासिनी
Sept. 16, 2020, 2:50 p.m.नियमित उडान खुल्यो भन्ने विदेश जान नपाउने कहिलेदेखि जान पाउने हो जानकारी पाउँ सर,