२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

 मंसिर ७, २०८१ शुक्रबार १३:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एशियाली फुटबल महासङ्घ साफले २० वर्षमुनिको महिला च्याम्पियनशिप बङ्गलादेशमा आयोजना गर्ने भएको छ ।

साफ कमिटिले गरेको छलफलपछि २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा गर्ने तय भएको हो ।

प्रतियोगिता सन् २०२५ फेब्रुअरी ११ गतेदेखि २५ तारिखसम्म हुनेछ । यस्तै बैठकले १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप भने भारतमा गर्ने निर्णय गरेको छ ।

यो प्रतियोगिता सन् २०२५ को नोभेम्बर ५ देखि १५ तारिखसम्म हुनेछ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया