अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जीत हासिल गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले हरायो ।
नेपालले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रनमात्र बनाउन सक्यो । अफगानिस्तानका अबसिन सेलाबले सबैभन्दा धेरै ५३ रन बनाए । नेपालका सुनिल मगरले ३ विकेट लिए ।
यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय २८ रन बनायो । नेपालका पदम बडैलाले नटआउट ९२, नरेश चौधरीले नटआउट ७२ रन बनाए ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।